लोसपा अध्यक्ष ठाकुरबिरुद्ध तमलोपा अध्यक्ष लाल र भण्डारीबिरुद्ध डा.सिंहको उम्मेदवारी

महोत्तरी, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारीबिरुद्ध तमलोपाका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
लोसपा अध्यक्ष ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ मा उम्मेदवारी दर्ता गराउँदा उनीबिरुद्ध तमलोपाका अध्यक्ष बृषेशचन्द्र लालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, लोसपा नेता शरतसिंह भण्डारीले महोत्तरी–२ बाट उम्मेदवारी दर्ता गराउँदा तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंहले पनि उनीबिरुद्ध उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाले सो क्षेत्रमा अध्यक्ष ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तमलोपाका अध्यक्ष लालले उनीबिरुद्ध उम्मेदवारी दिएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ र नेता भण्डारी महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए ।
प्रदेश सभातर्फ लोसपाबाट महोत्तरी ३(१)मा अभिराम शर्मा र ३(२) मा रानी शर्मा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् भने तमलोपाबाट प्रदेश सभा २ (१) मा इद्रीश राईन र २ (२) मा रामकृपाल साहले उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


