एमाले–जसपा गठबन्धनबाट धनुषा–३ मा जुली महतोको उम्मेदवारी दर्ता

जनकपुरधाम, २३ असोज । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा एमाले–जसपा गठबन्धनको तर्फबाट नेकपा एमालेकी पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छन् ।
त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (१)मा जसपाका जितेन्द्र यादव र ३ (२) मा एमालेका धनुषा दिपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले नेतृ महासेठले आफ्नो उम्मेदवारी धनुषा क्षेत्र नम्बर–३ को सम्पूर्ण जनताको उम्मेदवारी रहेको दाबी गरिन् । उनले आफू यस क्षेत्रको जनताको साझा उम्मेदवार रहेको दाबी गरेकी हुन् ।
उनले आफ्नो उम्मेदवारी यस क्षेत्रको जनताको विकास र सुख, शान्ति तथा समृद्धिको लागि रहेको बताइन् ।

उनले भनिन्, ‘मेरो उम्मेदवारी व्यक्तिगत मेरो होइन् । यो जनताको उम्मेदवारी हो । जनताले चाहेको उम्मेदवार म भएकोले आज उम्मेदवारी दर्ता गराएकी छु ।’
नेतृ महासेठले जनताले विश्वार गरेको पार्टी नेकपा एमाले र जनताले नै विश्वास गरेको उम्मेदवार आफू रहेको दाबीसमेत गरेकी हुन् ।

जुली यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन भने २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


