जनकपुरधाम, २३ असोज । टिकट नपाएपछि जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसले धनुषाको ४(क)बाट यादवलाई टिकट दिने भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । जसपाले सो क्षेत्रबाट मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई टिकट दिएको छ ।

२०७४ सालको निर्वाचनमा ज्ञानेन्द्र नै यस क्षेत्रबाट जीत निकालेका थिए । पार्टीले ज्ञानेन्द्रलाई नै दोहराउने भएपछि पार्टी निर्णयप्रति असन्तुष्ट बन्दै शेषनारायणले पार्टी परित्याग गरेका हुन् ।

जसपा नेतृत्वले मधेसी जनता र मधेस आन्दोलनको मर्म विपरित कार्य गर्दै आईरहेकाले आफू कांग्रेसलाई रोजेको शेषनारायणले बताए ।उनले कांग्रेसमै रहेर मुलुकमा संघियता संस्थागत गर्न र मधेसी जनताको मनोभावनालाई पूरा गर्नका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।