टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिंदै नेतृ सुरिता

जनकपुरधाम, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेतृ एवं पूर्वराज्यमन्त्री सुरिता कुमारी साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन् ।
लोसपाले सत्तारुढ गठबन्धनसंग चुनावी तालमेल भएपछि सुरिताको टिकट काटिएको हो ।
महोत्तरी २(ख)बाट प्रदेशसभामा फेरी चुनाव लड्ने तयारी गरेकी सो क्षेत्र नेपाली कांग्रेसको कोटामा परेको छ । २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २(ख)बाट सुरिता १५ हजार ४ सय ४० मत ल्याएर विजयी भएकी थिइन् ।
उनको निकटतमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकरण प्रसाद साह सुडीले ६ हजार ४ सय ९७ मत मात्रै ल्याएका थिए ।
फेरी सोही क्षेत्रमा दोहरिने तयारी गरेकी सुरिताले टिकट नपाएपछि आफू स्वतन्त्रमै भएपनि उम्मेदवारी दिने जानकारी दिइन् । सो क्षेत्रमा मतदाताले यस अघिको निर्वाचनमा प्रचण्ड मत दिएको तर यस पटकको निर्वाचनमा गठबन्धनको नाममा टिकट काटेर आफूमाथी अन्याय भएको सुरिताले रोष प्रकट गरिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


