टिकट पाएको केही घण्टा भित्रै खोसियो रामकुमार शर्माको टिकट

जनकपुरधाम, २३ असोज । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले टिकट पाएको केही घण्टा नबित्दै टिकट खोसिएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३(ख)बाट पार्टीले प्रदेशसभाका लागि टिकट दिएको थियो । तर सत्ता गठबन्धनमा सो क्षेत्र लोसपाको कोटामा परेपछि शर्माको टिकट खोसिएको हो ।
महोत्तरी ३(ख)बाट लोसपा नेतृ रानीशर्मा तिवारी निर्वाचन लड्ने भएकी छन् । २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रबाट रानी शर्मा नै विजयी भएकी थिइन् ।
यता टिकट खोसिएको माओवादी नेता रामकुमार शर्माले आफू कुनै पनि हालतमा चुनाव लड्ने अडान कसेका छन् । उनले भने ‘पार्टीले आफूलाई टिकट दिएको छ, कोही आएपनि पछाडी हटदिन ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


