टिकट नपाएपछि जसपाका प्रदेश उपाध्यक्ष शेषनारायण यादव कांग्रेस प्रवेश गर्दै

जनकपुरधाम, २३ असोज । टिकट नपाएपछि जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेस प्रवेश गर्न लागेका छन् ।
धनुषाको ४(क) बाट प्रदेशसभामा निर्वाचन लड्ने तयारी गरेका यादवले टिकट नपाएपछि पार्टी परित्याग गरेका हुन् ।
उनी नेपाली कांग्रेसमा प्रवेश गरे धनुषा ४(क)बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । यादवका साथै जसपाको मधेस प्रदेश कमिटीका बजरंग यादव, डा. शत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि नेपाली काँग्रेसमा प्रवेश गर्न लागेका छन् ।
जसपाले सो क्षेत्रबाट मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई टिकट दिएको छ । २०७४ सालको निर्वाचनमा ज्ञानेन्द्र नै यस क्षेत्रबाट जितेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


