एम्बाप्पे बने सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी

एजेन्सी, २२ असोज । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एम्बाप्पे सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् ।
उनी फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरको सूचीमा पहिलोपटक शीर्ष स्थानमा उक्लिएको हुन् ।
फ्रेन्च फरवार्ड एम्बाप्पे पिएसजीकै अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । फोर्ब्सको सूचीअनुसार उनको कमाइ १२८ तथा मेस्सीको कमाइ १२० मिलियन अमेरिकी डलर छ ।
म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो १०० मिलियन अमेरिकी डलर कमाइका साथ तेस्रो स्थानमा छन् ।
पिएसजीका ब्राजिलियन फरवार्ड नेयमार ८७ मिलियन अमेरिकी डलरका साथ चौथो तथा लिभरपुलका इप्टियन फरवार्ड मोहम्मद सलाह ५३ मिलियन अमेरिकी डलरसहित पाँचौं स्थानमा छन् ।
म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, रियल मड्रिडका इडेन हाजार्ड,भिसेल कोबेका आन्द्रे इनियस्टा, म्यानचेस्टर सिटीका केभिन डि ब्रुएना छैटौं देखि १० औं स्थानमा छन् ।
उनीहरूको कमाइ क्रमशः ३९,३५, ३१,३० र २९ मिलियन अमेरिकी डलर छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


