गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं, २२ असोज । गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको जनाएका हुन् ।
फेसबुक स्टाटसमा उनी लेख्छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन, म आफै राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यहि क्रम दोर्होयाउने छन् । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न ।’
स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेको उनले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पहिले नै टिकट दिने प्रतिबद्धता जनाएको तर वचन पुरा नगरेको पनि जनाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने आफ्नो अडान यथावत नै रहेको पनि उनले उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


