नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं, २२ असोज । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो ।
यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो । यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो ।
यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


