क्रिमियालाई रुससँग जोड्ने एकमात्र पुलमा आगलागी

एजेन्सी, २२ असोज । शनिबार बिहान, क्रिमिया र रुस बीचको पुलमा आगलागी भएको छ । रूसी सरकारी मिडिया अनुसार एक इन्धनको ट्यांकमा आगलागी भएको हो । तर यसको कारण भने खुलेको छैन ।
घटनास्थलको भिडियोमा कर्च ब्रिजमा आगलागी भएको रेल देखिएको छ । यससँग जोडिएको सडक पुलमा पनि केही क्षति पुगेको छ ।रुसले २०१४ मा क्रिमिया कब्जा गरेको थियो र अहिले युक्रेनमा सैन्य उपकरणहरू ढुवानी गर्न यही पुलको प्रयोग गर्दै आइरहेको छ ।
क्रिमियालाई रुससँग जोड्ने यो पुल लगातार युक्रेनी सेनाको निशानामा रहेको थियो । युक्रेनी सेनाले रुसी अड्डाहरू र आपूर्तिहरू नष्ट गर्दैछन् । रुसले क्रिमियालाई गाभेपछि सन् २०१८ मा राष्ट्रपति भ्लादिमिर पुटिनले यस पुलको उद्घाटन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


