भारतको नासिकमा बसमा आगलागी हुँदा ११ जना जिउँदै जले

एजेन्सी, २२ असोज । महाराष्ट्रको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भयो ।
दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जलेका छन् । यसबाहेक ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो ।दुर्घटना बिहान ४ः३० बजे भएको थियो । अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।
दुर्घटना नासिक–औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो । बस चिन्तामणि ट्राभल्सको बसमा ४५–५० जना थिए ।
प्रहरी नायब उपायुक्त अमोल ताम्बेले दुर्घटना भएको पुष्टि गरेका छन् । यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।
–दैनिक भास्कर
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


