जाभी अलन्सो लिभरकुसेनको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी, २१ असोज । जाभी अलन्सो जर्मन क्लब बायर लिभरकुसेनको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
बुन्डेस लिगा क्लबले स्पेनिस प्रशिक्षक अलन्सोसँग दुई वर्षको सम्झौता गरेको छ ।
लिभरकुसेनले गेरार्डो सिओनेलाई बर्खास्त गरेपछि ४० वर्षिय अलन्सोलाई टोली हेर्ने जिम्मेवारी दिएको हो । ४० वर्षीय अलन्सोले यस अघि स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको ’बी’ टोली हेरेका थिए ।
स्पेनिस पूर्वमिडफिल्डर अलन्सोले तीन सिजन सोसिडाडको ’बी’ टोलीमा रहेर काम गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


