एजेन्सी, २१ असोज । नोरा फतेही ग्लोबल आइकन हुन् । नोरा आफ्नो डान्स मूभ्सका लागि विश्व भर परिचित छिन् । नोराले अब फिफा विश्वकपमा परफर्म गर्ने भएकी छन् ।

उनले डिसेम्बरमा हुने फिफा विश्वकपमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । योसँगै उनी विश्व रंगमञ्चमा भारत र विशेष गरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने एक्लो अभिनेत्री बनेकी छन् ।

नोराले फिफाको उद्घाटन र समापन समारोहमा परफर्म गर्नेछिन् । यसका लागि उनले सम्झौता पनि गरिसकेकी छन् । मिडिया रिपोर्टका अनुसार नोराले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नाच्ने छन् ।

नोरा हाल टिभी शो झलक दिखला जाको जजको रूपमा काम गरिरहेकी छन् । यस बाहेक नोराले सिद्धार्थ र अजय देवगनको फिल्म थ्यांक गडमा पनि डान्स गरेकी छन् ।