उत्तराखण्ड हिमपहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

एजेन्सी, २१ असोज । उत्तराखण्डको द्रौपदीको डाँडा–२ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
नेहरू पर्वतारोहण संस्थान (एनआईएम) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिमपहिरोका कारण दुई प्रशिक्षक र २७ प्रशिक्षार्थीसहित २९ जना बेपत्ता भएको जनाएको छ ।
२६ जनाको शव फेला परेपछि बाँकी ३ जनाको खोजी कार्य जारी रहेको छ । एनआईएमका अनुसार अक्टोबार ४ तारिखमा कुल चार शव फेला परेको थियो जसमा दुई प्रशिक्षक र दुई प्रशिक्षार्थी थिए ।
अक्टोबार ६ मा १५ प्रशिक्षार्थीको शव र ७ तारिखमा मा ७ प्रशिक्षार्थीको शव निकालिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


