शुक्रबार ११ नयाँ संक्रमित थपिए, ६८ जना संक्रमणमुक्त

काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ ।
हाल देशभर ६२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


