काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२८ जनाको नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण भेटिएको हो ।

पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन् । सोही समयमा कसैको पनि मृत्यु भएको छैन ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ६८५ रहेको मन्त्रालयले जनाएको छ ।