कतार विश्वकपको सुरक्षा सहयोगका लागि टर्कीले आफ्नो प्रहरी पठाउने

एजेन्सी, २० असोज । कतारमा हुन गइरहेको विश्वकप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफ्नो प्रहरी पठाउने भएको छ ।
टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो ।
टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिबार प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव बुधबार पारित भएलगत्तै टर्की प्रहरीलाई कतार विश्वकपमा सुरक्षा गर्ने कानुनी बाटो खुलेको हो ।
कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो र सोलगत्तै कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले प्रहरी पठाउने कानुन पारित भएको जनाएको छ ।
उक्त प्रस्तावअनुसार टर्कीले कतारमा ६ महिनासम्मका लागि प्रहरी पठाउने छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही पनि बताइएको छैन ।
कानुन पारित भएलगत्तै कतार विश्वकपको जिम्मेवारी लिनका लागि टर्की प्रहरीले तयारी सुरु गरेको छ । आगामी विश्वकप ४ मंसिरदेखि सुरु हुँदैछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


