एसी मिलानविरुद्ध चेल्सी विजयी

एजेन्सी, २० असोज । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत एसी मिलानविरुद्ध चेल्सी विजयी भएको छ । समूह चरणअन्तर्गत गएराति सम्पन्न खेलमा ऊ ३–० गोल अन्तरले विजयी भएको हो ।
चेल्सीको जितमा वेस्ले फोफाना, पिएरे एमरिक अबमेयाङ र रिस जेम्सले समान एक गोल गरे । जितसँगै चेल्सीले ३ खेलबाट ४ अंक जोडेको छ ।
समूह ‘इ’ रहेको चेल्सी दोस्रो स्थानमा छ । पराजित मिलान ४ अंकका साथ तेस्रो स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


