च्याम्पियन्स लिगमा रियल म्याड्रिडको लगातार तेस्रो जित

एजेन्सी, २० असोज । च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा गएराति घरेलु मैदानमा सम्पन्न खेलमा साख्तार डोनेस्कलाई २–१ ले हरायो ।
रियलको जितमा रोड्रिगो र भिनिसियस जुनियरले एक÷एक गोल गरे । साख्तारका लागि ओलेसान्द्र जुब्कोभको एक गोल फर्काए ।
यो जितपछि रियल नकआउट चरण नजिक पुगेको छ । समूह एफ’ मा रहेको उसले ३ खेलमा ९ अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको शाख्तरले ४ अंक जोडेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


