एजेन्सी, १९ असोज । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । बार्सिलोना समूह ञसीझ अन्तर्गतको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएको हो ।

घरेलु मैदान सान सिरोमा हाकान काल्हानोग्लुले पहिलो हाफको थप गरिएको समयमा गरेको एक मात्र गोल इन्टलाई जित दिलाउन पर्याप्त बन्यो ।

उनले समयमा फेडेरिको डिमार्काेको पासलाई पोस्टको दिशा दिएका थिए । यो जितसँगै ३ खेलमा ६ अंक जोडेको इन्टर दोस्रो स्थानमा रहँदा पराजित बार्सिलोना समान खेलमा ३ अंकका साथ तेस्रोमा छ ।

लिगअन्तर्गकै अन्य खेलमा क्लब ब्रुगले एथलेटिको मड्रिडलाई २–० ले पराजित गर्दा टोटेनहमले फ्रान्कफुर्टसँग गोलरहित बराबरी खेलेको छ ।