एजेन्सी, १९ असोज । युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ । ऊ समूह ञएझ अन्तर्गतको खेलमा स्कटिस क्लब रेन्जर्सविरुद्व २–० ले विजयी भएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड र मोहम्मद सलाहले एक÷एक गोल गरे । खेलको सातौं मिनेटमा अर्नाेल्डको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो ।

५३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २–० को सहज जित दिलाए ।

जितसँगै ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित रेन्जर्स समान खेलबाट विना अंक पुछारमा छ । यही समूहको अर्काे खेलमा इटालीको नापोलीले डच क्लब आयाक्सलाई ६–१ ले हरायो ।