नेपालमा डेंगु संक्रमितको संख्या ३१ हजार १०३

काठमाडौं, १९ असोज । देशभर डेंगु रोगबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ हजार १०३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगका कारण ४१ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयले डेंगुको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


