काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९८७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ । यस्तै थप ९ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।