काठमाडौं, १९ असोज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।

भ्रातृशोकमा रहेकाले उनले टीका नलगाएको र अरूलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।