मुलायम सिंह यादवको स्वास्थ्य स्थिर : समाजवादी पार्टी

एजेन्सी, १७ असोज । समाजवादी पार्टीका संस्थापक तथा मैनपुरीका सांसद मुलायम सिंह यादवको स्वास्थ्य बिग्रिएपछि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखिएको छ ।
यद्यपि पार्टीले उनको स्वास्थ्यको अपडेटमा उनको स्वास्थ्य स्थिर रहेको जनाएको छ । समाजवादी पार्टीका नेता राकेश यादवलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले भनेको छ, ‘मुलायम सिंह यादवको स्वास्थ्य स्थिर छ । चिकित्सकहरूका अनुसार आज उहाँको अक्सिजनको स्तर अलिकति घटेको छ । तर चिन्ता गर्नुपर्ने कुरा छैन। उहाँको दिनहुँ नियमित चेकअप हुन्छ ।’
केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले पनि सपाका संस्थापकको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् । उनले मुलायम सिंह यादवका छोरा अखिलेश यादवसँग पनि कुरा गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले मुलायम सिंह यादवको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


