बेन्जेमा पेनाल्टीमा चुक्दा ओसासुनासँग बराबरीमा रोकियो रियल मड्रिड

एजेन्सी, १७ असोज । स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । ऊ घरेलु मैदानमा ओसासुनासँग १–१ को बराबरीमा रोकिएको हो ।
स्याटियागो बर्नाबेउमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियल अंक बाँड्न बाध्य बन्यो । खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत रियलले सुरुवाती अग्रता लिएको थियो । उनले डेविड अलाबाको पासलाई सदुपयोग गरे ।
५० औं मिनेटमा ओसासुनाका किके गार्रियाले खेललाई १–१ को बराबरीमा ल्याए । उनले उनाई गार्सियाको पासलाई सदुपयोग गरेका थिए ।
७८ औं मिनेटमा डेविड गार्सियाले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ओसासुना १० खेलाडीमा समेटियो । ७९ औं मिनेटमा करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले अग्रता लिने अवसर गुमाएपछि खेल १–१ को बराबरीमा सकिएको हो ।
यो नतिजासँगै ७ खेलमा १९ अंक जोडेको रियल दोस्रो स्थानमा रहँदा ओसासुना समान खेलबाट १३ अंकका साथ छैटौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


