कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको केन्द्र सार्वजनिक

काठमाडौं, १६ असोज । राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते सञ्चालन गर्ने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।
बोर्डले कक्षा १२ को नतिजामा दुई विषयमा ननग्रेड ल्याएका विद्यार्थीलाई ग्रेडवृद्धि गर्न पाउने परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षाको नतिजा अनुसार नन ग्रेड ल्याएका १ लाख ८८ हजार ४१० जना विद्यार्थीमध्य दुई विषयमा एनजी (नन ग्रेडेड) प्राप्त गर्ने १ लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धि गर्न पाएका थिए ।
बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी (नन ग्रेडेड) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरू दुई विषयसम्म ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।
कक्षा १२ को परीक्षामा सहभागी ३ लाख ६३ हजार ८ जना मध्ये ५२ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएपछी बोर्डले पुरक परीक्षा सञ्चालन गर्ने जनाएको थियो ।

