आइतबार ३३ नयाँ संक्रमित थपिए, ६६ जना संक्रमणमुक्त

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ३३ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५० जनाको पीसीआर र ५२५ जनाको एन्टीजेन परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ८६ हजार ८८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८८९ जना सक्रिय संक्रमित छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


