मेस्सी र एम्बाप्पेको गोलमा पिएसजीको रोमाञ्चक जित

एजेन्सी, १६ असोज । फ्रेन्च लिग वानअन्तर्गत शनिबार रातिको खेलका घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ । उसले नाइसविरुद्ध २–१ को जित हात पारेको हो ।
पार्क डेस प्रिन्सेसमा खेलको २९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा नाइसका गेटन लाबोर्डेले खेल बराबरीमा ल्याएका थिए ।
८३ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरेपछि पिएसजीले २–१ को रोमाञ्चक जित निकाल्यो । जितसँगै ९ खेलमा २५ अंक जोडेको पिएसजी शीर्ष स्थानमा उक्लिँदा पराजित नाइस समान खेलबाट ८ अंकका साथ १३ औं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


