एजेन्सी, १६ असोज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १७४ जनाको मृत्यु भएको छ । हिंसामा परी १८० जना घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई बताएअनुसार खेलका क्रममा भएको हिंसामा १७४ जनाको मृत्यु भएको हो ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भिडमा भागदौड मच्चिदा १७४ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकले मैदानमा प्रवेश गरेर खेलाडी तथा विजयी पक्षधर समर्थकलाई आक्रमण गरेका थिए । अचानक देखा परेको भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेका थिए ।

त्यति गर्दा पनि भिड नियन्त्रणमा आउन नसकेको हिंसामा परी १७४ जना फुटबल समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।