एजेन्सी, १५ असोज । बलिउडमा फेरि एक दुःखद खबर आएको छ । अभिनेता सलमान खानको बडी डबलको रोल निर्वाह गर्ने सागर पाण्डेको निधन भएको छ ।

उनको जिममा वर्कआउट गरिरहेको समयमा हृदयघातका कारण निधन भएको हो । फिल्म बडिगार्डमा पनि उनी सलमानको डुप्लिकेटको भूमिकामा थिए ।

सागर सलमान पाण्डेको नामबाट पनि चिनिने उनी नियमित जिम गर्ने फिट भएको उनका साथीहरुले बताएका छन् ।

यसअघि बलिउडमा कमेडियन राजू श्रीवास्तवको पनि जिम गर्दागर्दै हृदयघात भएपछि अस्पतालमा उपचारका लागि लगिएको थियो ।तर, उनको अस्पतालमा निधन भयो ।