एजेन्सी, १५ असोज । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी “राष्ट्रको इतिहासमा सबैभन्दा खराबमध्येको एक हुन सक्छ” भन्दै यसबाट भएको विनाशको पुनःनिर्माण गर्न महिनौँ वा वर्ष लाग्ने बताएका छन् ।

शक्तिशाली आँधीले बुधबार दक्षिण–पश्चिम फ्लोरिडाका थुप्रै घर ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ ।