दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते

दाङ, १५ असोज । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँदा ४२ जना घाइते भएका हुन् ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
उनले गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षीय दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बताए । अन्य घाइतेहरुको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


