नेपालमा डेंगु संक्रमितको संख्या २८ हजार १०९

काठमाडौं, १५ असोज । नेपालमा डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या २८ हजार १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउन महिनादेखि यता ७६ जिल्लाहरूमा फैलिएको डेंगु रोगबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा मात्र २१ हजार ९७५ जनामा डेंगु पुष्टि भइसकेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा वि.सं. २०६१ सालमा पहिलो पटक डेंगु पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


