एजेन्सी, १५ असोज । क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ को उपाधि जमैका तलावाजले जितेको छ ।

उसले फाइनलमा बार्बाडोस रोयल्सलाई ८ विकेटले हराउँदै तेस्रोपटक उपाधि जितेको हो। जमैकाका यसअघि २०१३ र २०१६ मा विजेता बनेको थियो ।

१६२ रनको लक्ष्य जमैकाले १६.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । जमैकाका ओपनर ब्रेन्डन किंगले ५० बलमा १३ चौका र २ छक्कासहित अविजत ८३ रनको पारी खेले । सम्रराह ब्रुक्स ३३ बलमा ६ चौका र २ छक्कासहित ४७ र कप्तान रोभमन पावेलले अविजत १४ रन बनाए ।

बार्बाडोसका काइल मेयर्स र जेसन होल्डरले एक एक विकेट लिए । त्यसअघि गुयानस्थित प्रोभिडेन्स स्टेडिडममा टस जितेर ब्याटिङ रोजेको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

बार्बाडोसका आजम खानले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । रहकिम कोर्नवालले ३६, कप्तान काइल मेयर्सले २९ र जेसन होल्डरले १७ रन जोडे ।

जमैकाका फावियन एलन र निकोलसन गोर्डनले ३/३ तथा इमाद वासिमले १ विकेट लिए ।