अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमण, १९ जनाको मृत्यु

एजेन्सी, १५ असोज । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् ।
सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरूले परीक्षा दिइरहेका थिए । आक्रमणको कुनै समूहले लिएको छैन ।
आक्रमण भएको क्षेत्रमा अल्पसङ्ख्यक हजराजको बाहुल्यता छ , जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन् ।
स्थानीय टिभी र सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुईँमा छरपस्ट फैलिएको देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


