नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं, १४ असोज । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५०, प्रदेश १ मा ८२९ केस देखिएको छ ।
त्यसैगरी, गण्डकीमा ६७७, मधेस प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


