काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ६३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३५ जनामा गरिएको नमूना परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १०३ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ रहेको मन्त्रालयले जनाएको छ ।