काठमाडौं, १४ असोज । गायिका निरुता खत्रीको स्वरमा नयाँ देउडा गीत सार्वजनिक भएको छ ।

‘उडिगै डालिका मैना’ देउडा गीत निरुता खत्री युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो । वियोगान्त कथामा आधारित उक्त गीतमा खत्रीको एकल गायन रहेको छ ।

कमल विरही थापाको शब्द तथा लय रहेको गीतमा सङ्गीत संयोजन तेजेन्द्र गुरुङले गरेका छन् । गीतको अभिनयमा पनि खत्री नै देखिएकी छन् ।

मर्मस्पर्शी गीत गायनमा परिचय बनाएकी खत्रीले शुक्रबार सार्वजनिक भएको गीतमा निकै मिहिनेत गरेको प्रतिक्रिया दिएकी छन् ।