काठमाडौं, १४ असोज । १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरस्कार राशि घोषणा गरेको छ ।

आइसिसीका अनुसार विजेताले १६ लाख अमेरिकी डलर पाउने भएको छ । त्यसैगरी उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउनेछ ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ४ लाख डलर पाउनेछन् । सुपर १२ बाट बाहिरिनेले ७० हजार पाउनेछन् ।

त्यसैगरी, सुपर १२ तथा पहिलो चरणमा प्रत्येक एक खेल जित्नेलाई ४० हजार डलर प्रदान गरिने आइसिसी जनाएको छ । पहिलो चरणबाटै बाहिरिने टोलीले ४० हजार डलर पाउनेछन् ।