साबा महिला बास्केटबल च्याम्पियनसिपको उपविजेता बन्यो नेपाल

काठमाडौं, १३ असोज । नेपाली राष्ट्रिय महिला बास्केटबल टोली साबा महिला बास्केटबल च्याम्पियनसिपको उपविजेता बनेको छ ।
बुधबार राति भएको राउण्ड रोविनको अन्तिम खेलमा श्रीलंकाले मालदिभ्सलाई ७२–५९ ले पराजित गरेपछि नेपाल दोस्रो पटक उपविजेतामा सीमित भएको छ ।
पहिलो खेलमा मालदिभ्ससँग ५१–४७ ले पराजित भएको नेपाल त्यसपछिका दुई खेलमा लगातार जित निकालेको थियो ।
बुधबार राति भएको खेलमा नेपालले भुटानलाई ६५–२६ ले पराजित गरेको थियो । त्यसअघिको खेलमा श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।
नेपाल यसअघि सन् २०१६ मा भएको पहिलो संस्करणमा पनि उपविजेता भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


