जनकपुरधाम, १२ असोज । विद्यार्थी नेता सुरेन्द्र यादवलाई नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सदस्य तथा मधेस प्रदेशको संयोजकको जिम्मेवारी दिइएको छ ।

जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य एवम् मधेस प्रदेश कोषाध्यक्ष भई काम गरिसकेका यादवलाई नेसपाले समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको संयोजकमा मनोनयन गरेको हो ।

युनियनको धनुषा जिल्ला अध्यक्ष समेत भई काम गरेका यादवलाई नेपाल समाजवादी पार्टीको आङगिक संगठन “समाजवादी विद्यार्थी युनियन” मधेस प्रदेश समितिको संयोजकको पद दिइएको छ।

संगठनमा कृयाशिल रहदाँसम्म संगठन केन्द्रीय समितिको मातहतमा रहि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरने विश्वास सहित यादवलाई तत्काल मधेस प्रदेश समितिको पुनर्गठन गर्नका लागि यो जिम्मेवारी दिइएको अध्यक्ष नेत्र प्रसाद चापागाईले बताए ।