बुधबार ३८ नयाँ संक्रमित थपिए, ५२ जना संक्रमणमुक्त

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार १२२ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


