विराटनगर, १२ असोज । नेपाल चिकित्सक संघले राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने तयारी गरेको छ ।

चिकित्सक संघ कोसी शाखाका अध्यक्ष फरवार्ड शिलवालका अनुसार २९औं राष्ट्रिय सम्मेलन फागुन १८ देखि २० गतेसम्म विराटनगरमा गर्ने तयारी छ ।

सम्मेलनमा एक हजार डाक्टरहरु सहभागि हुनेछन् भने ५० वटा अनुसन्धान मुलक कार्यपत्र चिकित्सकले प्रस्तुत गर्नेछन् ।

नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र सवलिकरणबारे पनि छलफल हुनेछ । सम्मेलनका सहभागिताका लागि आवेदन दिन चाहनाले अगाडि नै आफ्नो अनुसन्धानमुलक लेख वेभसाइट मार्फत पठाउनुपर्ने छ ।