मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा स्वीकृत

काठमाडौं, १२ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ ।
असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
नेपालले असोज ११ गते बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।
अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए । बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
मंगलबार नेपालले उक्त खेल ३–१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


