‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा

काठमाडौं, ११ असोज । मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो ।
आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ । महोत्सवमा नेपालका तर्फबाट ५ नाटक सहभागी हुँदैछ । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा २०० कलाकारको अभिनय रहनेछ ।
महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायत लगायत १४ देशका नाटक मञ्चन हुनेछ । महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ राखिएको छ । विदेशबाट सहभागी नाट्यकर्मीले कार्यशाला गर्ने महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी र अन्तरक्रिया समेत आयोजना हुनेछ ।
कार्यक्रममा एक लाख रुपैयाँ राशि रहेको इनोभेटिभ आइडिया अवार्ड समेत घोषण गरियो । कार्यक्रममा अभिनेता दयाहाङ राई, अनुप बराल लगायतको सहभागिता रहेको थियो । महोत्सव भव्य र नेपालका लागि उपलब्धि मूलक हुने महोत्सवका संयोजक विजया कार्कीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


