नेसन्स लिगमा इंग्ल्याण्ड र जर्मनीबिच बराबरी

एजेन्सी, ११ असोज । युइएफए नेसन्स लिग अन्तर्गत सोमबार रातिको खेलमा इंग्ल्याण्ड र जर्मनीले बराबरी खेलेका छन् । लिग ञएझ अन्तर्गत समूह तीनको खेलमा दुवै टोलीले ३–३ को बराबरी खेलेका हुन् ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु टोलीसँग अंक बाँड्न बाध्य बन्यो । वेम्बली स्टेडियममा खेलको ५२ औं मिनेटमा इल्के गुन्डोगनले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
६७ औं मिनेटमा काइ हाभर्टेजले पाहुना टोलीको अग्रता दोब्बर बनाए । ७१ औं मिनेटमा इंग्ल्याण्डका लुक शले गोल गर्दै खेलाई २–१ को अवस्थामा ल्याए ।
७५ औं मिनेटमा मेसन माउन्टले घरेलु टोलीलाई २–२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दा इंग्ल्याण्ड ३–२ ले अघि बढ्यो ।
८७ औं मिनेटमा हाभर्टेजले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–३ को रोमाञ्चक बराबरीमा सकियो ।
यो नतिजासँगै ६ खेलमा ७ अंकका साथ तेस्रो स्थानमा रहँदा लिग ञबीझ मा झरेको इंग्ल्याण्ड समान खेलबाट ३ अंक जोडेर पुछारमा रह्यो ।
लिगअन्तर्गतकै अन्य खेलमा रोमानिया र इस्टोनियाले जित हात पारेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


