मधेस प्रदेश : मुख्यन्यायाधिवक्ता झाको राजीनामा स्वीकृत

जनकपुरधाम, ११ असोज । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६० को उपधारा (४) को (क) बमोजिम मुख्यन्यायाधिवक्ता झाले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतमार्फत मुख्यन्यायाधिवक्ता झाले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख मिश्रले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले जानकारी दिए ।
मुख्यन्यायाधिवक्ता झाले मुख्यमन्त्री राउतलाई गत भदौ १८ गते आफ्नो राजीनामा पत्र बुझाएका थिए ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने भएपछि झाले पदबाट राजीनामा दिएका थिए ।
मधेस सरकार गठन भएपछि मुख्यन्यायाधिवक्ता बनेका झा लगातार पाँच वर्ष पदमा बसे ।
नेपालको संविधानको धारा १६०(२) बमोजिम झा मधेस प्रदेशको मुख्यन्यायाधिवक्ताको पदमा २०७४ फागुन ७ गते नियुक्ति पाएर काम कारवाही गर्दै आएका थिए ।
नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड (क) बमोजिम उनले पदबाट राजीनामा दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


