इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु

एजेन्सी, ११ असोज । इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्स (आइएचआर) ले उक्त जानकारी दिएको हो ।
आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको छ । तर, इरानी अधिकारीहरूले भने प्रदर्शनमा ४१ जनाको मृत्यु भएको छ ।
हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यसबीच, महिलाहरूले लगातार ११ औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


