एजेन्सी, ११ असोज । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

खचाखच तीर्थयात्राले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो ।

अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षमताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।